दफा ३३
मालपोत असुल गर्ने व्यवस्था
: (१) संस्थानले मालपोत असुल गर्ने व्यवस्था गर्नेछ ।
(२) मालपोत असुल गर्ने म्याद प्रचलित नेपाल कानुनमा तोकिए बमोजिम हुनेछ । मालपोत असुल गर्न म्याद नाघेमा जरिवाना गर्ने, मालपोत बाँकीमा जग्गा लिलाम गर्ने र मिन्हा दिने समेतमा प्रचलित नेपाल कानुनमा भएको व्यवस्था संस्थानले असुल गर्ने मालपोतका हकमा पनि लागू हुनेछ । गुठीको मालपोत असुल तहसील गर्न तोकिएको कार्यालयहरूले समेत प्रचलित नेपाल कानुन बमोजिम मालपोत असुल गर्ने सम्बन्धी अधिकारको प्रयोग गर्न पाउनेछ ।